- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। अमेरिकाले युक्रेनको कीभस्थित आफ्नो दूतावास अस्थायी रूपमा बन्द गरेको छ। बिबिसीका अनुसार अमेरिकाले कीभमा रुसले थप आक्रमण गर्ने सूचना पाएपछि दूतावासलाई अस्थायी रूपमा बन्द गरेको छ।
दुतबासले एक आकस्मिक सूचना दिँदै दूतावास अस्थायी रूपमा बन्द हुने र कर्मचारीलाई तत्काल सेल्टर लिन निर्देशन दिएको छ।
पछिल्लो समय रुस र युक्रेनबीच द्वन्द्व बढ्ने सङ्केत देखिएको छ। अमेरिकाले युक्रेनलाई आफूले दिएका मिसाइल सीमा बाहिर प्रयोग गर्न अनुमति दिएपछि रुसले कडा प्रतिक्रिया दिएको छ।
अमेरिकाले उत्तर कोरियाबाट १० हजारभन्दा बढी सैनिक ल्याएर रुसले युक्रेनमाथि आक्रमण बढाएको र थप बढाउन सक्ने बताउँदै आएको छ।