arrow

ढुङ्गानाको निवासमा पुगेर राष्ट्रपतिले दिए समवेदना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ६ बिहिबार
ramchandra-at-dhungana-house.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । 

पूर्वसभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ