arrow

विवादमा ट्रम्पको महान्यायाधिवक्ता नियुक्ति, गेट्जले नाम फिर्ता लिएपछि बोन्डी मनोनित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
pam-bondi-trumo.jpg

काठमाडौँ । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोन्डीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरेका छन् ।

यसअघि नियुक्त गरेका माट गेट्जले आफ्नो नाम फिर्ता लिएपछि ट्रम्पले बोन्डीलाई महान्यायाधिवक्ता नियुक्त गरेको जानकारी दिएका हुन् ।

गेट्जले आफ्नो नियुक्तिमा सिनेटबाट समर्थन नपाउने अनुमान गर्दै नाम फिर्ता लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 गेट्ज यौन दुर्व्यवहार प्रकरणमा परेकोले उनको नियुक्ति हुनासाथ नै विवाद बढेको थियो । सिनेटमा रिपब्लिकन सांसदको बहुमत रहे पनि कयौं रिपब्लिकन सांसदले गेट्जको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकारसमेत गरेका थिए ।

अर्कोतर्फ नव नियुक्त महान्यायाधिवक्ता बोन्डी फ्लोरिडाकी पुर्व महान्यायाधिवक्ता हुन् । गेट्जले नाम फिर्ता लिना साथ उनको नाम चर्चामा रहेको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ