arrow

पोल र ताररहित भएसँगै चिटिक्क भयो न्यूरोड क्षेत्र [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ७ शुक्रबार
newroad-no-wire-no-pole-81-.jpg

काठमाडौँ । लामो समयको विवादपछि काठमाडौँ महानगरपालिका वडा नं  २४ को शुक्रपथ अहिले तार र बिजुलीको पोलरहित भएको छ । 

फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोग्नु परेको थियो । 

अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरु भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले २०७६ सालदेखि नै उपत्यकामा तार भूमिगत गर्ने काम गरिरहेको भए पनि ढिला गरी न्यूरोड क्षेत्र भूमिगत भएको हो । यो योजना वर्षौँ अगाडिदेखिकै हो । 

सोही भूमिगत गर्ने क्रममै प्राधिकरणले ठाउँ ठाउँमा बिजुलीको लाइन काट्दै आएको छ । त्यसलाई नै लोडशेडिङसमेत भन्ने गरिएको छ । यद्यपि प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भूमिगत गर्ने क्रममा बिजुली बन्द गरेर नयाँ तारमा बिजुली सार्नुपर्ने भएकाले बिजुली जाने समस्या भएको बताए । 

उनले १० प्रतिशत काम अझै बाँकी रहेको बताए । 

त्यस्तै न्यूरोड क्षेत्र चिटिक्क भएसँगै त्यसको जश काठमाडौँ महानगरका मेयर वालेन्द्र साह (बालेन) लाई दिइएको छ । वास्तवमा महानगरले नभइ त्यो प्राधिकरणले नै गरेको हो । महानगरले त्यसलाई सहयोग मात्रै गरेको हो । 

केही समयअघि सडक पेटी विस्तार गर्दा विवाद हुँदाा स्थानीयले अवरोध गरेका कारण फेरि पनि अवरोध नहोस् भनेर प्राधिकरणलाई सहयोग गरेको महानगरले जनाएको छ । 

newroad-no-wire-no-pole-81 (1).jpg
newroad-no-wire-no-pole-81 (2).jpg
newroad-no-wire-no-pole-81 (3).jpg
newroad-no-wire-no-pole-81 (4).jpg
newroad-no-wire-no-pole-81 (5).jpg
newroad-no-wire-no-pole-81 (6).jpg
newroad-no-wire-no-pole-81 (7).jpg
newroad-no-wire-no-pole-81 (8).jpg
newroad-no-wire-no-pole-81 (9).jpg
newroad-no-wire-no-pole-81 (10).jpg
newroad-no-wire-no-pole-81 (11).jpg
newroad-no-wire-no-pole-81 (12).jpg
newroad-no-wire-no-pole-81 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ