arrow

दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
nsc-board-meeting-81-8-21.jpg

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णाय गरेको हो । 

यसअघि राखेपले दशौँ राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णाय गरेको थियो । 

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कार्तिक २ गते बसेको राखेपको ११५ औँ बोर्ड बैठकले उक्त मितिमा दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ