arrow

उधौलीको रौनक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३० आइतबार
udhauli-festival-81-8-30u.jpg

काठमाडौँ।  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाइरहेका छन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् ।

किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । 

किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ । 

भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउँछन् । ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ । 

सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाइराखिएको छ । 

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा हात्तीवनमा भेला भएर चाडको शुरुआत गरिएको हो ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात समुदायमा रहेको छ । 

 पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ । वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । 

जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमा समेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताउनुभयो । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उधौली र उभौली पर्वको रुपमा लिने गरिन्छ ।
 
 उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ । 

ubhauli-81-8-30y (1).jpg
ubhauli-81-8-30y (2).jpg
ubhauli-81-8-30y (3).jpg
ubhauli-81-8-30y (4).jpg
ubhauli-81-8-30y (5).jpg
ubhauli-81-8-30y (6).jpg
ubhauli-81-8-30y (7).jpg
ubhauli-81-8-30y (8).jpg
ubhauli-81-8-30y (9).jpg
ubhauli-81-8-30y (10).jpg
ubhauli-81-8-30y (11).jpg
ubhauli-81-8-30y (12).jpg
ubhauli-81-8-30y (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ