arrow

भाजपाका दुई सांसदमाथि आक्रमण गर्ने राहुल गान्धीलाई हत्या आरोपसहित एफआईआर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
rahul-gandhi-24-12-19.jpg

नयाँदिल्ली । भारतको संसदमा सत्ताधारी दल भारतीय जनता पार्टी भाजपाका सांसदहरुमाथि कांग्रेस सांसद एवं विपक्षी दलका नेता राहुल गान्धीले हातपात गरेपछि घटनाले ठूलो रुप लिएको छ । 

ओडिशाका बालासोरबाट जितेका भाजपा सांसद प्रताप सारंगीलाई राहुलले धकेल्दा टाउकोमा गम्भीर चोट लागेको छ भने फर्रुखादका भाजपा सांसद मुकेश राजपुत चोटले बेहोश नै भएका छन् । राजपुतलाई होश आएको भए पनि चक्कर आउन छाडेको छैन । उनको रक्तचाप बढेको छ । 

सारंगीले राहुल गान्धीले धक्कामुक्की गरेर आफू लडेको बताए । उनका अनुसार राहुलले राजपुतलाई धक्का दिए अनि ती सांसद सारंगीको माथि लडेसँगै उनलाई चोट लाग्यो । 

रिपोर्टअनुसार भाजपा सांसद मुकेश राजपुतलाई राहुलले धक्का दिएपछि राजपुत लडेर सारंगीमाथि आउँदा सारंगी ठोक्किएर लडेका हुन् । 

सारंगी र राजपुतलाई राम मनोहर लोहिया अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । राहुुलले भने आफूलाई भाजपा सांसदले धम्की दिएपछि धक्का स्पष्टीकरण दिएका छन् ।  

यो घटनापछि भाजपा सांसद अनुराग ठाकुर र बांसुरी स्वराजले राहुलविरुद्ध एफआईआर दर्ता गरेका छन् । 

राहुलमाथि धारा ३ (५) अनुसार सामूहिक अपराध, धारा १०९ अनुसार हत्याको प्रयास, धारा ११५ अनुसार चोट पुर्याउने उद्धेश्यले काम गरेको, धारा ११७ अनुसार जानीबुझी गम्भीर चोट पुर्याउनु, धारा १२५ अनुसार निजी सुरक्षालाई जानीबुझी खतरामा पारेको, धारा १३१ अनुसार धक्का दिनु तथा डराउने–धम्याउने गरेको र धारा ३५१ अनुसार धम्की दिएको आरोप लगाइएको छ । 

यता कांग्रेस सांसद दिग्विजय सिंह, राजीव शुक्ला र प्रमोद तिवारीले कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेसँग धक्का–मुक्की र खराब व्यवहार गरेको भन्दै भाजपा सांसद विरुद्ध आरोप दर्ता गराएका छन् । 

कांग्रेस अध्यक्ष खड्गेले आफू र प्रियंका गान्धीसँग धक्का–मुक्की गरिएको आरोप लगाएका छन् । धक्का लागेर आफ्नो घुँडामा चोट लागेको खड्गेले बताएका छन् । 

यो घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी दिएसँगै उनले दुवै सांसदहरुसँग कुराकानी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ