arrow

जलवायु परिवर्तनको प्रभावहरू अत्यधिक, संसारभर जीवन र जीविकोपार्जनको ठूलो क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
solu-thame-flood-81-4-32.jpg

काठमाडौँ । विश्व मौसम विज्ञान सङ्गठनको एक रिपोर्ट अनुसार जलवायु परिवर्तनका कारण सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ । 

समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरू अत्यधिक रहेको बताएका छन् । संसारभरि जीवन र जीविकोपार्जनको ठूलो क्षति भएको विज्ञहरूको भनाइ छ । 

डब्ल्यूएमओका अनुसार लामो र गम्भीर गर्मीको लहरले हरेक महादेशमा असर गरेको छ । 

अक्टोबरमा, विनाशकारी डाना आँधीले स्पेनमा ठूलो क्षति गरेको र २ सय भन्दा बढीको मृत्यु भएको थियो । 

पोल्याण्ड, अस्ट्रिया, चेक रिपब्लिक र रोमानिया जस्ता देशहरूले पनि विनाशकारी बाढीको अनुभव गरेका छन् ।

विज्ञहरूले युरोपमा बढ्दो चरम मौसम जलवायु परिवर्तनको बढ्दो प्रभावको चेतावनी सङ्केत भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ