arrow

रविकै सिफारिसमा डीपी रास्वपा कार्यवाहक सभापति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
rsp-meeting-81-7-24.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक सभापति भएका छन् । उपसभापति अर्याललाई पार्टी सचिवालय बैठकले कार्यवाहक सभापति बनाएको हो । 

दुईजना उपसभापति अर्याल र डा स्वर्णिम वाग्लेमध्ये कसलाई कार्यवाहक दिने भन्ने बहस भएको भए पनि सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएका तीन मुद्दामा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेकै सिफारिसमा अर्याललाई कार्यवाहक तोकिएको कार्यवाहक प्रवक्ता मनिष झाले मिडियालाई बताएका छन् । 

कानूनी प्रक्रिया मिलाएर डीपीलाई जिम्मेवारी दिइएको पनि झाले बताए । रविको उक्त सिफारिसलाई सचिवालय बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

लामिछाने लामो समय पार्टी काममा फर्कन नसक्ने अवस्था देखेपछि आन्तरिक रुपमा उपसभापति डा वाग्लेले कार्यबाहक सभापतिका लागि अभ्यास गरेको बताइएको थियो । यद्यपि विधानमै सभापतिले सिफारिस गर्न मिल्ने भनेसँगै प्रक्रिया पूरा गरी डीपीलाई कार्यवाहक सभापति बनाइएको झाले बताएका हुन् । 

गत कार्तिक २ गते पक्राउ परेका रविले अहिलेसम्म कार्यवाहक नदिएको भए पनि आइतबार तीन ओटा (सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा परेपछि सोमबार कार्यवाहक दिएका हुन् । 

रवि लामिछाने सांसदबाट निलम्बित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ