arrow

ओलम्पिक कमिटीको अध्यक्ष र उपाध्यक्षमा मात्र चुनाव, अन्य निर्विरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ९ मंगलबार
NOC.png
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि पछिल्ला दुई कार्यकाल पूरा गरिसकेका जीवनराम श्रेष्ठका साथै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलका तेजबहादुर गुरुङ प्रतिस्पर्धामा छन् । 

आगामी शनिबार हुने निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारी दार्ता गर्न सोमबार अन्तिम मिति रहेको थियो । यसअघि विधानमा दुई कार्यकालमात्र अध्यक्ष हुने भए पनि विधान संशोधन गरेरै जीवनरामले तेहेरिने लक्ष्य लिएका हुन् । 

उनको यस कदमको चर्को विरोध भए पनि विधान संशोधन भने बहुमतले पारित भएको थियो । विधान संशोधन नगर्न अदालतले आदेश दिएको भए पनि अहिलेको कार्यसमितिले मानेन । 

साथै राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचन नगर्न निर्देशन दिएको भए पनि त्यसको समेत पालना भएको छैन । १३ गते शनिबार चुनाव गर्ने एनओसीले जनाएको छ । 

नेपालका कानून मान्दैनौँ भन्ने एनओसीले यसपालि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकै आदेश पनि पालना गरेको छैन । आईओसीले पनि विधान संशोधन नगर्न भनेको थियो । 

अहिलेसम्म आईओसीले विधान संशोधन स्वीकृत गरिसकेको छैन । खेल संघमा नभएका पदाधिकारीसमेत अहिले उम्मेदवार छन् ।

यसैगरी सात उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष एवं टेनिस संघकी अध्यक्ष ज्योती राणासहित ९ जनाको उम्मेदवारी परेको छ ।

पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द वैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य ,सुटिङका पुष्पदाश श्रेष्ठ र साइक्लिङका गोपाल सुन्दरलाल कक्षपतीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

महासचिवमा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध निवार्चित भएका छन् ।

त्यस्तै  सहमहासचिवमा  ब्याड्मिन्टनका रामजीबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा गल्फका टासी घलेको मात्र उम्मेदवारी परेसँगै स्वतः निर्वाचित भएका छन् । 

तीन सचिव पदका लागि आर्चरीका रमेश शिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ (बोस)  पनि निर्विरोध चुनिएका छन् । 

यता सदस्यमा जिम्न्यास्टिककी गीता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले पनि निर्विरोध चयन भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ