arrow

केजरीवालविरुद्ध कांग्रेसले गर्‍यो उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
kejariwal-yojana.jpg

काठमाडौँ । भारतको दिल्लीका पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालविरुद्ध कांग्रेसले उजुरी हालेको छ । 

महिलाहरुलाई दिल्ली सरकारले २१ सय रुपैयाँ दिने निर्णय गरेसँगै कांग्रेसले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो । 

केजरीवालमाथि धोकाधडी र जालसाजीमा शिकायत आएसँगै कांग्रेसले उजुरी हालेको हो । 

युवा कांग्रेस प्रदेश अध्यक्ष आकराले दिल्ली सरकारले घोषणा गरेको सित्तैमा उपचार र महिलालाई २१ सय दिने घोषणा आपले कसरी गर्न सक्छ भन्दै उजुुरी दिएको बताए । 

दिल्ली सरकारको बाल विकास विभाग र स्वास्थ्य विभागले अखबारमा विज्ञापन छपाउँदै योजना दिने घोषणा गरेको हो । 

त्यससँगै मुख्यमन्त्री आतिशी र केजरीवालले पत्रकार सम्मेलन गरी उक्त योजना सफल पार्ने बताएका थिए ।

दुई योजना अन्तर्गत महिला सम्मान योजना अन्तर्गत १८ वर्षका महिलालाई प्रत्येक महिना १ हजार दिने र चुनावपछि २१ सय दिने तथा संजीवनी योजना अन्तर्गत ६० वर्षभन्दा माथिकालाई सरकारी वा निजी अस्पतालमा सित्तैमा उपचार गर्ने रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ