arrow

प्रचण्डले लिए वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १५ सोमबार
prachanda-2081-9-14.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

महासचिव वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।

अध्यक्ष दाहालले आइतबार साँझ अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारजनसित पनि भेट गरेका थिए । 

सो क्रममा उपचारमा संलग्न चिकित्सकले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने अध्यक्ष दाहाललाई जानकारी दिएका थिए ।

सो अवसरमा महासचिव वैद्यले आइसियुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष दाहाललाई जानकारी दिए ।

अध्यक्ष दाहालले उनको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्य लाभको कामना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ