arrow

माघे संक्रान्तिको व्यापार

चाकु उत्पादनमा व्यस्त टोखाका व्यवसायी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
ghee-chaku-81-9-23-(17).jpg

काठमाडौँ । गुलियो भन्ने बित्तिकै सबैको मुख रसाउँछ । त्यही गुलियो सखरबाट बन्ने चिज चाकु, तिलको लड्डु र सेतो तिलको लड्डु खान पाउँदा त कसो जिब्रो नलठ्ठएिला र ।
 
गुलियो स्वाद आउने र जाडोलाई भगाउने चाकु टोखास्थित काशीलाल चाकु प्रोडक्शन बनाउन यतिबेला भ्याइनभ्याइ भएको छ । चाकु किलोको १४० र खुवाको चाकु ५०० किलो र कालो तिल र सेतो तिलको लड्डु रु ३०० किलोमा बिक्री भइरहेको छ ।

 माघे सङ्क्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त छन् । घ्यू र चाकु खाएर मनाइने माघे सङ्क्रान्ति पर्वका लागि बजारको मागअनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त बनेका हुन् । 

परम्परागत रूपमै टोखाका नेवार समुदाय चाकु बनाउँदै आएका छन् । पछिल्लो समय टोखामा विभिन्न १४ वटा उद्योगमार्फत् चाकु उत्पादन भइराखेको छ। 

२०१६ सालसम्म चाकु बनाउने उखु टोखामै उत्पादन हुन्थ्यो र त्यस ठाउँलाई तुँख्यः अर्थात् उखुबारी भनिन्थ्यो । त्यही शब्दपछि अपभ्रशं भएर टोखा भएको स्थानीयको भनाइ छ । 

पहिले थोरै मात्रामा बन्ने चाकु अहिले १२ महिना उत्पादन हुन्छ । टोखामा अहिले भारतबाट आयात भएको सख्खरबाट चाकु बनाउनु पर्ने बाध्यता छ ।  

बजारमा माग बढे पनि जनशक्तिको भने अभाव भएको व्यवसायी बताउँछन् ।  

‘हामी चाकु व्यवसाय गर्ने अन्तिम पुस्ता हुने हो कि भन्ने चिन्ता बढेको छ’, व्यवसायी बुद्ध श्रेष्ठले भने। 

नयाँ पुस्ता यस व्यवसायमा आकर्षित नहुँदा जनशक्तिको अभाव भएको उनको भनाइ छ । अहिले चाकु बनाउन बाहिरबाट जनशक्ति ल्याउनु पर्छ । 

नेवार समुदायमा चाकुको विशेष महत्त्व छ । यःमरी पुन्ही र माघे सङ्क्रान्तिको दिनमा अनिवार्य रूपमा चाकु चाहिन्छ । 

पुसको अन्तिम दिन पकाएर माघको पहिलो दिन खाने चलनअनुसार चाकु पुस मसान्तसम्म बन्ने र माघ १ गते परिवारसँग बसेर एकसाथ खाने चलन छ । 

माघे सङ्क्रान्तिमा घिउ, चाकु, सखरखण्ड, रातो मूला लगायतका परिकार खाने चलन रहेको टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठको भनाइ छ । 

उनका अनुसार प्रत्यक्ष अप्रत्यक्ष गरेर करिब तीन हजार बढीले चाकु उद्योगमा रोजगारी पाएका छन्। यहाँ मङ्सिर र पुस दुई महिनामा चाकु व्यवसायी सबैभन्दा बढी व्यस्त हुन्छन् । 

पहिले हातले फिटेर बनाउने गरिएको सेतो तिलको लड्डु, कालो तिलको लड्डु, झोल चाकु, स्पेसल चाकु, पुष्टकारी, बदाम लड्डु, मुरमुरे लड्डु अहिले प्रविधिको विकाससँगै मेसिनले पनि बनाउन थालिएको छ ।  

ghee-chaku-81-9-23 (1).jpg
ghee-chaku-81-9-23 (2).jpg
ghee-chaku-81-9-23 (3).jpg
ghee-chaku-81-9-23 (4).jpg
ghee-chaku-81-9-23 (5).jpg
ghee-chaku-81-9-23 (6).jpg
ghee-chaku-81-9-23 (7).jpg
ghee-chaku-81-9-23 (8).jpg
ghee-chaku-81-9-23 (9).jpg
ghee-chaku-81-9-23 (10).jpg
ghee-chaku-81-9-23 (11).jpg
ghee-chaku-81-9-23 (12).jpg
ghee-chaku-81-9-23 (13).jpg
ghee-chaku-81-9-23 (14).jpg
ghee-chaku-81-9-23 (15).jpg
ghee-chaku-81-9-23 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ