arrow

तराई–मधेस केन्द्रित दलहरुबीच मोर्चा बनाउन छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १ मंगलबार
madhesi-morcha-81-10-1.jpg

काठमाडौँ । तराई–मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल शुरू भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्नेदेखि संसद बाहिर रहेका तराई मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरू गरेका हुन् ।

जसअनुसार मोर्चा गठनका बारेमा छलफल गर्नका लागि राजधानीमा बैठक बसेको छ । सो बैठकमा हृदयेश त्रिपाठी, शिवजीराय यादव, केशव झा, रेणु यादव, ईश्वरदयाल मिश्र, शरदसिंह यादव, भरत थापा, मोहम्मद साबिर हुसैन, अनिल महासेठ, बृजकिशोर सिंह, मनिष मिश्रलगायत उपस्थित भएका छन् । 

सत्ता बाहिर बसेसँगै माओवादी केन्द्रको नेतृत्वमा कम्युनिष्ट घटकको समाजवादी मोर्चा सक्रिय भएसँगै मधेस केन्द्रित दलहरु पनि सक्रिय भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ