arrow

बिहानैदेखि हुम्लामा हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
himpat-humla-81-9-13.jpg

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात शुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । 

सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताए । 

नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका-६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए । 

यसवर्ष जिल्लामा पाँचौँ पटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ