arrow

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि रास्वपाले गरेको आक्रमणविरुद्ध कानूनका विद्यार्थीको प्रदर्शन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३ बिहिबार
nepal-law-campus-for-tripat.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा कानून अध्ययन गरिरहेका नेपाल ल क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । 

बुधबार रवि लामिछानेको थुनछेक बहस सकेर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका रास्वपा समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा नेपाल ल क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरूले “कानून व्यवसायीलाई कुट्न पाइँदैन”, “मुद्दा लड्नु कानून व्यवसायीको पेशागत धर्म हो”, “निलो क्रान्ति होइन स्वतन्त्र न्यायालय चाहियो” लगायतका नारा लगाउनुका साथै प्लेकार्डसमेत प्रदर्शन गरेका छन् ।  

त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।

nepal-law-campus-for-tripathi (1).jpg
nepal-law-campus-for-tripathi (2).jpg
nepal-law-campus-for-tripathi (3).jpg
nepal-law-campus-for-tripathi (4).jpg
nepal-law-campus-for-tripathi (5).jpg
nepal-law-campus-for-tripathi (6).jpg
nepal-law-campus-for-tripathi (7).jpg
nepal-law-campus-for-tripathi (8).jpg
nepal-law-campus-for-tripathi (9).jpg
nepal-law-campus-for-tripathi (10).jpg
nepal-law-campus-for-tripathi (11).jpg
nepal-law-campus-for-tripathi (12).jpg
nepal-law-campus-for-tripathi (13).jpg
nepal-law-campus-for-tripathi (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ