arrow

रुखबाट खसेर एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ४ शुक्रबार
Syangja_district_map.png

पोखरा । स्याङ्जामा रुखबाट खसेर बिहीबार दिउँसो एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं. २ घ्याङ्सीङडाँडाकी ६१ बर्षया पोविसरा थापा छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गिधरीको रूखमा चढी घाँस काट्ने क्रममा खसेर थापा गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उद्दार गरी उपचारका लागि गल्याङ नगर अस्पताल लगेकोमा उपचारकै क्रममा उनको निधन भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ