arrow

नक्कली पर्मिट पठाएर लाखौं ठगी, उदयपुरका ललित बिष्ट फरार [भिडियो]

logo
नारायण वली,
प्रकाशित २०८१ माघ ९ बुधबार
malta- thagi-lalit bist-1.jpg

लुम्बिनी । चार बर्षअघि माल्टा लैजाने भन्दै नक्कली पर्मिट पठाएर उदयपुरका ललित बिष्टले रुपन्देहीका ४० जना भन्दा धेरैसँग लाखौं रकम लिएर अहिले फरार भएको पाईएको छ । प्रतिव्यक्ति ३ लाख दश हजारदेखि ६ लाख दश हजारसम्म रकम उठाएर माल्टा नलगी सम्पर्क बिहिन भएको पीडितहरुले बताएका छन्। 

उदयपुरको वेलका नगरपालिका वडा न. ३ ठोक्सिला घर भएका बिष्टले करोडौं ठगी गरेर सम्पर्कविहिन भएपछि पीडितहरु थप पीडामा परेका छन् । २०७९ सालमा ३ लाख ६३ हजार रुपैयाँ बुझाएका बुटवल उपमहानगरपालिका वडा न.३ गोलपार्कका दिनेश मुडभरीले पीडा पोख्दै भने, अहिले म मानसिक तनाबमा छु, कोरोनाकालमा ऋण खोजेर दिएको न पैसा फिर्ता भयो, न विदेश जान पायौं, ब्याजमा लिएको साहुको ऋण बढेर कहाँ पुगिसक्यो । त्यो ऋणको ब्याज तिर्दा साँवा भन्दा ब्याज धेरै पुगेको पीडित मुडभरी बताउँछन् ।  

फरार रहेका बिष्टले चालिस जना संग करिव डेढ करोड रुपैयाँ कुम्ल्याएर रकम फिर्ता गर्न आनाकाना गर्ने गरेको पीडितहरुको दुखेसो छ । यस्तौ दुखेसोमा छन्, तिलोत्तमा नगरपालिका वडा न.१६ कोटिहवाका निरबहादुर वयम्भु थापा । उनले २०७७ साल फाल्गुन १३ गते चार लाख रुपैयाँ बुझाएको बताउँदै अहिलेसम्म पीडित बन्दै आएको बताए । 

विष्टको ठगी भन्दामा बुटवल उपमहानगर वडा न.१ गणेशथानका विक्रम थापा पनि परेका छन् । थापाले २०७७ साल फाल्गुन ११ गते ४ लाख ४० हजार रुपैयाँ दिएको बताएका छन् । विक्रमकी आमा कल्पना थापाले साहुसँग लिएको सो पैसाको ब्याज हालसम्म मासिक ६ हजारका दरले ७२ महिनाको तीन लाख २४ हजार तिरेको दुखेसो सुनाइन् । 

बिष्टले आफुहरुलाई पठाएको पर्मिटको फोटो पठाउँदा आधा मात्रै खिचेर पठाएपछि शंका लाग्यो, किनभने यदि सक्कली पर्मिटमा क्युआर स्क्यान सँगै ओटीपि नम्बरसहित हुने भएकाले त्यो काटेर सबैको पत्र पठाइएको थियो, हामीलाई पठाइएको पर्मिट पत्रमा क्वाइन्ट इन्टरप्राइजेजको नाम हालेर पठाएपछि हामीले वेवसाइडमा गएर क्वाइन्ट कम्पनीलाई सम्पर्क गर्दा आफुहरुले कोहीकसैलाई पर्मिट नदिएको बताएपछि नक्कली पर्मिट बनाएर पठाएको रहस्य खुलेको पीडित तिलोत्तमा नगरपालिका वडा न. ३ का पशुपति उपाध्यायले बताए । 

बिष्टकी श्रीमती नम्रता थापा बिष्टले पाकिस्थानी नागरिकसँग मिलेर नक्कली पर्मिट निकालेर प्रतिव्यक्ति लाखौं रुपैयाँ उठाएको कुरा बिष्टले नै बताएको र त्यसपछि हामीले पटकपटक पैसा फिर्ता माग्दा केही थोरै पैसा पठाईदिएपछि जे गर्न सक्छस् गर भनेर सम्पर्कविहिन हुनुभयो पीडित उपाध्यायले भने । 

पीडितहरु भन्छन् बिष्टको नाममा रहेको एनआइसी एसिया बैंकको खातामा १ करोड भन्दामाथि पैसा जम्मा भएको छ, हामी सबै साथिहरुले बिष्टको खातासँगै उनले दिएका विभिन्न व्यक्तिहरु गीता खुलाल, भगवती अधिकारी, गणेश राउत, गोकर्ण न्यौपाने , प्रभाकर थापा, श्याम तामाङ, रितेस सुयाल, मोहन सागर लामा र भुपाल कार्की लगायतका व्यक्तिहरुको खातामा जम्मा गर्न लगाइयो, हामीहरुले भने अनुसार नै पैसा जम्मा गर्यौं, बैंक भौचरहरु सुरक्षित राखेका छौं । उक्त नक्कली पर्मिट र विभिन्न बैंक फरक फरक नाममा पैसा जम्मा गर्न लगाइएका भौचरहरु हाम्राकुरालाई प्राप्त भएको छ । 

विदेश पठाउँछु भनेर बिष्टले रकम उठाएर माल्टामा आफ्नै काठमाण्डौं मार्ट, एक होटल र काठमाडौंमा आफ्नो र श्रीमतीको नाममा जग्गा खरिद गरेको रुपन्देहीको खैरेनीका माल्टामा बिष्ट सँगै बसेका सफल खरेलले बताए । यद्यपी, उनीसँग ती कुरा गरेको रेकर्ड आफहुरुसँग सुरक्षित रहेकाले बिष्टको ठगी धन्दाबारे यथेष्ट प्रमाण रहेकाले वैदेशिक रोजगार विभागमा उजुरी हाल्ने पीडितहरुको भनाई छ ।  

विष्टबाट ठगिएका निखिल पुलामी मगर, सुबेश माली, सनम शेर्पा र मनिराम महतोले पनि आफुसँग भएका प्रमाणहरु दिएको प्रमाणहरु सुरक्षित रहेको बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ