गरिमा विकास बैंकको डेभिड र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
473
Shares
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले नविनतम डिजिटल बैकिङ मार्फत लामो समयदेखि आफ्ना ग्राहकलाई दिँदै आएको सुरक्षित बैकिङ्ग सेवालाई थप गुणस्तरीय बनाएको छ ।
बैंकले आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेविट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाईन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने थ्री८ी सेक्योर ई–कमर्श सेवाको शुरुआत गरेको हो ।
उक्त सेवा चालु गर्न चाहने विकास बैंकका डेविट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा चालु गर्न सक्ने बैंकले जनाएको छ ।
यसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिने बैंकको जिकिर छ । अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरुको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाइल नम्बरमा ओटीपी जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको बैंकको भनाइ छ ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको जनाएको छ ।