arrow

भाजपाले दिल्लीमा जितेपछि नरेन्द्र मोदी भन्छन् – विकास र सुशासनको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २६ शनिबार
narendra-modi-always-2024.jpg
तस्बिर – फाइल ।

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित शुरु भएको बताएका छन् । दिल्ली विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत हासिल गरेपछि मोदीले यो जित विकास र सुशासनको जित भएको बताएका हुन् । 

उनले भने, “यो जित विकासको हो, सुशासनको जित हो ।” 

“हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर छोड्नेछौं,” मोदीले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेका छन् । 

तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनको आम आदमी पार्टी (आप) को शासन रहेको थियो ।

तर यसपालि आजपा नराम्ररी पछारिएको छ । आपका प्रमुख अरविन्द केजरीवाल नै पराजित भएका छन् । 

भाजपाले २७ वर्षपछि सरकार बनाउने भएको छ । मोदीले जनशक्ति सर्वोपरि भएकोसमेत बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ