रेखा सरकारको घोषणा, दिल्लीबासीलाई १६ लाखसम्मको निःशुल्क उपचार सुबिधा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ९ शुक्रबार
1.5k
Shares
तस्बिर – फाइल ।
नयाँ दिल्ली । भारतको दिल्ली सरकारले १० लाख भारतीय रूपैयाँ (नेपाली १६ लाख) सम्म निःशुल्क स्वास्थ्य सेवा दिने निर्णय गरेको छ । दिल्लीकी नयाँ मुख्यमन्त्री रेखा गुप्ताको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकमा ‘आयुष्मान भारत योजना’ लागू गर्ने निर्णय गरेसँगै अब दिल्लीबासीलाई १६ लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य सेवा दिने भएको हो।
समाचार अनुसार यस योजना अन्तर्गत दिल्ली सरकारले ५ लाख रुपैयाँ र केन्द्र सरकारले ५ लाख रुपैयाँ दिने छ। बैठकपछि उनले दिल्लीलाई विकसित सहर बनाउन निरन्तर काम गर्ने र यस अभियानमा एक दिन पनि खेर नफालिने बताएकी छिन् ।
उनले निर्वाचनअघि गरेका वाचा पूरा गर्ने आश्वासन दिएकी छिन् । साथै पहिलो मन्त्रिपरिषद् बैठकमा महिला सशक्तिकरण योजनाबारे पनि छलफल भएको थियो । सरकारले यस योजनाका लाभार्थीहरूको वर्गीकरण र यसको कार्यान्वयनलाई विचार गरिरहेको जनाइएको छ।