arrow

महाकाली लोकमार्ग पहिरोले अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
Mahakali_Nagarpalika.png

खलङ्गा । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले  जानकारी दिए । 

सडक अवरुद्ध हुँदा बिहानैदेखि तराईबाट जिल्ला सदरमुकामका लागि छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् । 

यात्रु बाटोमै अलपत्र परेका  महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिए । सोही ठाउँमा गत माघ दोस्रो साता पनि पहिरो गएको थियो । उक्त ठाउँमा केही समयअघि सडक मर्मत सम्भार  गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ