arrow

गरिमा विकास बैङ्क प्रतिष्ठित 'द एचआरएम अवार्ड्स फोर कर्पोरेट एक्सीलेन्स २०२४' बाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
garima-bikash-bank-hrm-awarded-corporate-excellence=2024.jpg

काठमाडौँ। गरिमा विकास बैङ्क लिमिटेडले कर्पोरेट क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरेकोमा प्रतिष्ठित 'द एचआरएम अवार्ड्स फोर कर्पोरेट एक्सीलेन्स २०२४' बाट सम्मानित भएको छ। कर्पोरेट क्लब नेपालले आयोजना गरेको यस वार्षिक अवार्ड समारोहमा यस वर्ष २२ विभिन्न विधामा पुरस्कार वितरण गरिएकोमा गरिमा विकास बैङ्कले 'कर्पोरेट एक्सीलेन्स २०२४ इन डेभलपमेन्ट बैङ्क, रिजनल बैङ्क एन्ड फाइनान्स कम्पनी' विधामा यो पुरस्कार प्राप्त गरेको हो।

२०८१ फागुन १३ गते मङ्गलवार ललितपुरस्थित द प्लाजामा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखक मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस अवार्डको जुरी सदस्यमा प्रा.डा.फत्त बहादुर केसी (जुरी चिफ), सशिन जोशी (फोनपे पेमेन्ट सोलुसन प्रालिका अध्यक्ष), सरिता अधिकारी (पूर्व डाइरेक्टर, नेपाल राष्ट्र बैङ्क) र दिल भूषण पाठक (वरिष्ठ पत्रकार) रहेका थिए।

यस उपाधिले गरिमा विकास बैङ्कले आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो लक्ष्यलाई अझ बलियो बनाएको छ। बैङ्कले यस उपलब्धिले आगामी दिनहरूमा थप गुणस्तरीय र ग्राहकमैत्री बैङ्किङ सेवा प्रदान गर्न प्रेरित गरेको बताएको छ।

बैङ्कले यस खुसीको अवसरमा आफ्ना ग्राहकहरू, सेयर धनीहरू, सरोकारवालाहरू, नियामक निकायहरू र शुभचिन्तकहरूलाई निरन्तर साथ र सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

हाल गरिमा विकास बैङ्कले देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ५० एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ। साथै, बैङ्कले नवीनतम डिजिटल बैङ्किङ सेवाहरू मार्फत ग्राहकहरूलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यसरी, गरिमा विकास बैङ्कले आफ्नो सेवा विस्तार र गुणस्तरमा उत्कृष्टता कायम गर्दै, कर्पोरेट क्षेत्रमा आफ्नो स्थान बलियो बनाउँदै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ