arrow

मोदी दोस्रो पटक गए मौरिसस, राष्ट्रिय दिवसका प्रमुख अतिथि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
modi-mauritius-25-3-10.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक मौरिसस गएका छन् । उनी दुई दिने राजकीय भ्रमणका लागि मंगलबार मौरिसस पुगेका हुन् । उनले बुधबार मौरिससको ५७ औँ राष्ट्रिय दिवस समारोहमा मुख्य अतिथिको रुपमा सहभागीता जनाउने छन् ।

विमानस्थलमा मौरिससका प्रधानमन्त्री डा नवीनचन्द्र रामगुलामले उनलाई स्वागत गरे । मोदीले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै रामगुलामप्रति आभार व्यक्त गरेका छन् । 

भारतीय प्रवासीहरुले भारत माताको जयको नारा लगाउँदै मोदीलाई स्वागत गरे । मौरिससका महिलाहरुले पारम्परिक बिहारी गीत गवई गाएका थिए । 

उनी प्रधानमन्त्रीका रुपमा सन् २०१५ मा पनि मौरिसस गएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ