arrow

मानवता विरुद्धको अपराध

पूर्व राष्ट्रपति रोड्रिगोलाई चार्टर्ड विमानबाट पुर्‍याइयो फौजदारी अदालत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
rodrigo-duterte-philippines.jpg

काठमाडौँ ।  फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई पक्राउ गरिएको १२ घण्टापछि मंगलबार राति नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) पुर्‍याइएको छ । 

उनका एक वकिल मार्टिन डेल्ग्राले सामाजिक सञ्जालमा गरेको पोस्टमा ७९ वर्षीय डुटेर्टेलाई हेग लैजाने सानो विमानको तस्बिर देखाइएको थियो ।

डुटेर्टेको नजिकको सहयोगी साल्भाडोर मेडियाल्डे डुटेर्टेसँगै विमानमा चढेकाहरूमध्ये थिए । डुटेर्टेलाई मंगलबार बिहान पक्राउ गरी आईसीसीले जारी गरेको पक्राउ वारेन्टका कारण हिरासतमा राखिएको थियो । 

राष्ट्रपतिको सञ्चार कार्यालयले डुटेर्टेको प्रस्थानको बारेमा कुनै विज्ञप्ति जारी गरेको छैन ।

सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सको राष्ट्रपति रहँदा डुटेर्टेले लागूऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए, जसमा हजारौँको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ