arrow

सम्पत्तिको विवरण दिन नसक्ने सरकारले सुशासनको कुरा गर्ने ?  – चित्रबहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २८ बुधबार
chitrabd-kc-81-11-28.jpg

काठमाडौ । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सुशासन कायम गर्न नसकेको सरकारले सुशासन सम्बन्धी विधेयक ल्याउन खोज्नु दुर्भाग्य भएको बताए । 

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले सात महिनामा आफूले कमाएको सम्पत्तिको विवरणसमेत बुझाउन नसक्ने सरकार (प्रधानमन्त्रीसँगै मन्त्रीहरु) ले सुशासनको कुरा गर्न खोज्नु दुर्भाग्य भएको बताएका हुन् । 

उनले अहिले गणतन्त्रमाथि नै खतराको घण्टी बज्नु अरु कसैका कारणले नभइ सरकारका कारणले नै भएको बताए । 

अरुलाई दोष दिनुभन्दा आफू सच्चिनेतर्फ नलागे अहिलेको गणतन्त्र नै खतरामा पर्नेसमेत केसीले बताए । 

केपी शर्मा ओली नेतृत्वको सरकार गत असार अन्तिममा बनेको थियो । आठ महिना भइसकेको छ सरकारमा सहभागी मन्त्रीहरुले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । 

सांसद केसीले अहिलेका नेताहरुसँग आफूले सँगसँगै काम गरेको भन्दै कसको सम्पत्तिको हैसियत कति भएको भनी जानकारीमा रहेको बताए । 

उनले आफ्नो उदाहरण दिँदै कसले कसरी कमायो भन्ने कुरा पनि आफूले बुझेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ