arrow

सरकारका प्रवक्ता भन्छन्- नेपाललाई श्रीलंका हुनबाट सरकारले जोगाएको छ [भिडियो]

भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
subba-12-03.jpg

काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । उनले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे । 

उनले अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भएपनि वाञ्छित सफलता हाँसिल गर्न नसकिरहेको बताए । उनले सरकारले श्रीलंका हुनबाट भने जोगाएको जिकिर गर्नुभयो । सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको बताए । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छाएको बताए ।
 
मन्त्री गुरुङले भने, ‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्नेकुरा हामीले महशुस गरेका छौँ । हाम्रो मूल्यांकनमा त्यही कुरा छ । यो सबै समस्याको समाधानमा हामी लागेका छौँ । आजको दिनमा बढ्दै गएको अर्थतन्त्रको समस्या सुधार्न हामी कति धेरै प्रयत्न गरिरहेका छौँ । तर अझै पनि हामीले चाहेअनुसारको वाञ्छित सफलता हाँसिल गर्न सकेका छैनौँ । बिस्तार बिस्तार श्रीलंका हुनबाट जोगाइएको छ । सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाएको हो । या असफल राष्ट्र हुनबाट जोगाइएको छ । सुशासन आज सबैभन्दा ठूलो समस्या हो । सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या हो । भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीले गर्दा जनतामा निराशा छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ