arrow

कृष्णले गरे यातायातलाई साढे दुई करोडको जग्गा दान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
yatatat-dumre.jpg

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ निवासी कृष्ण अधिकारीले यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि करिब साढे दुई करोड मूल्य बराबरको जग्गा निःशुल्क दान दिएका छन् । 

भाडाको भवनमा सञ्चालन हुँदै आएको कार्यालयको भवन निर्माणका लागि अधिकारीले मंगलबार मालपोत कार्यालय तनहुँबाट पाँच रोपनी जग्गा यातायात व्यवस्था कार्यालयका नाममा नामसारी गरिदिएका हुन् । 

यसअघि पनि वडा कार्यालय भवन निर्माणका लागि चारआना जग्गा दान गरेका अधिकारीले हालको मूल्य साढे दुई करोड बराबरको जग्गा यातायात कार्यालयलाई दान दिएको बन्दीपुर गाउँपापालिका-१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । 

यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीले कार्यालयका लागि जग्गा प्राप्ति भएसँगै अब थप प्रक्रिया अगाडि बढ्ने बताए ।

भाडाको घरमा कार्यालय सञ्चालन गर्दा लाखौँ खर्च हुने गरेकाले अब आफ्नै भवन निर्माण गरी सेवा दिने ओलीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ