arrow

राष्ट्रिय सभामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक

सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण विधेयक - मन्त्री गुरुङ [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
prithivi-subba-12-10.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विद्यमान कानुनहरूले मुलुकमा सुशासन कायम गर्न अवरोध सिर्जना गरेको कारण सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सरकारले गरेको राम्रो कामको समेत विरोध गर्ने प्रतिपक्षको धर्म भएको उल्लेख गर्दै यसको कुनै ओखती नभएको तर्क गरे । 

उनले सरकारले कति वटा ऐन संशोधन गर्‍यो भन्दा पनि कानूनमा कति धेरै समस्या रहेछ भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । उनले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई सत्तापक्षले फुलमाथिको बुट्टा र सुनमाथिको सुगन्ध जस्तो मानेको उल्लेख गरे ।

उनले भने, ‘सत्तापक्षले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई फुलमाथिको बुट्टाजस्तो र सुनमाथिको सुगन्ध जस्तै लागिरहेको छ । मेरो उत्तर यत्ति हो यसमा । गलत रहेको देखाइराख्ने त प्रतिपक्षको धर्म नै रहेछ । यसको पनि ओखती छैन जस्तो लाग्छ मलाई । १२ ऐन हामलिे संशोधन गर्‍यौँ । हामी सबैको शत्रु भनेको कुशासन हो । जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने जुन परिस्थिति बनेको छ र विद्यमान कानुनहरूले मुलुकमा सुशासन कायम गर्न नसक्ने जुन खालको अवरोध सिर्जना गरेको छ । वाधा व्यवधान सिर्जना गरेको छ । त्यसकारणले कति वटा ऐन संशोधन गरेर ल्याइयो भन्दा पनि कति धेरै समस्या रहेछ भन्ने कुरा बुझ्नुपर्दछ । यति धेरै कानूनहरु सुशासनको लागि वाधक रैछ भनेर हामीले यो विधेयक ल्याएको हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ