arrow

सुख्खा पहिरो खसेपछि बेशीसहर-मनाङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
lamjung-manang-pahiro.jpg
तस्बिरः लमजुङ प्रहरी

पोखरा । सुख्खा पहिरो खसेपछि लमजुङको बेशीसहर-मनाङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं ४ बस कटिङमा आज दिउँसो कबि १२ बजे सडक माथिबाट सुख्खा पहिरो खसेसँगै सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिलो निकै ठूलो भएकाले पन्छाएर सडक सञ्चालन गर्न समय लाग्ने देखिएको अस्थायी प्रहरी पोष्ट जगतका प्रहरी हवल्दार मनोज थापाले जानकारी दिए ।

दुई वटा जेसीबीले पहिरो पन्छाउन शुरु गरेको र साँझ ५ बजेसम्ममा पहिरो पन्छाउन सकिने उनले बताए ।

अहिले दुवैतर्फ सवारी लाम लागेको उनले बताए । पहिरो खसेको स्थान लमजुङ वेशीसहरबाट करिब ३३ किमि टाढा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ