सञ्चारकर्मी मार्ने राजावादीविरुद्ध पत्रकारहरुको विरोध प्रदर्शन [फोटोफिचर]
दोषीलाई कडा कारबाहीको माग
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
913
Shares
काठमाडौँ । सञ्चारकर्मी मार्ने राजावादीहरुद्ध नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ ।
पूर्वराजा समर्थकले शुक्रबार काठमाडौँमा आयोजना गरिएको आन्दोलनका क्रममा सञ्चारमाध्यममाथि भएको आक्रमण र रिपोर्टिङका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै महासंघको केन्द्रीय समितिले विरोध गरेको हो ।
सञ्चारकर्मीहरुले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।