arrow

राप्रपा सांसद धवललाई फौजदारी अभियोगमा पक्राउ गरिएको संसद्लाई जानकारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
dhawal-shumsher-rana-banke-2-rpp-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ । 

नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

“सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जवरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ”, प्रवक्ता गिरीले भने । 

प्रहरीले दुई पटक चुनाव हारेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ