काठमाडौँ । फरार विवादास्पद मेडिकल व्यवसायी एवं फौजदारी अभियोग लागेका दुर्गा प्रसाईं फेसबुक लाइभमा देखिएका छन् । गत १५ चैतदेखि प्रहरीको खोजीमा रहेका प्रसाईं फेसबुक लाइभमा देखिएका हुन् ।
मन्दिरलाई पृष्ठभूमि पारेर प्रसाईंले आन्दोलनमा भएको हिंसाका लागि माफी मागेका छन् । उनले आन्दोलन सफल हुने भएपछि नेकपा एमाले निकट युवा संघ र राज्य संयन्त्र मिलेर आन्दोलन तुहाउन हिंसाको सहारा लिएको आरोप लगाएका छन् ।
आफूलाई समेत मार्ने योजना बनाएको भन्दै उनले आन्दोलन नरोकिने जनाएका छन् ।
प्रहरी उनको खोजीमा लागिरहेको छ । प्रहरीले विभिन्न आठ समूह बनाएर खोजी गरेको भए पनि अहिलेसम्म भेट्टाउन सकेको छैन । उनले काठमाडौँ छाडेको शंका गरिएको छ ।