arrow

शुरु भयो बिमस्टेकमा हस्ताक्षर समारोह 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
bimstec-2025-signing.jpg

काठमाडौँ । थाइल्याण्डमा जारी बिमस्टेक सम्मेलनमा हस्ताक्षर समारोह शुरू भएको छ । जसअनुसार बैंककमा बिमस्टेक शिखर सम्मेलनको क्रममा सामुद्रिक यातायात सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । 

यो पहिलो हस्ताक्षर समारोह हो, जहाँ नेपालका तर्फबाट पराराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले हस्ताक्षर गरेकी छिन् । उनले नेपालको तर्फबाट समृद्ध, लचिलो र खुला बिमस्टेकलाई साकार पार्न बलियो राजनीतिक इच्छाशक्तिको आवश्यकतामा जोड दिँदै क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता जनाएकी छिन् ।
 
नेपाल संस्कृति, पर्यटन र गरिबी निवारणमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्न प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेकी छिन् । 

उनका अनुसार जलवायु परिवर्तन र विपद् पूर्वतयारीमा थप सहयोगका लागि आह्वान गरिएको छ । विपद् व्यवस्थापनमा बिमस्टेक उत्कृष्टता केन्द्र स्थापना गर्न भारतको पहललाई स्वागत गरेकी छिन् भने  लचिलो पूर्वाधार र एआई संचालित समाधानहरूको आवश्यकतामा जोड दिइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ