arrow

बिमस्टेक सम्मेलन शुरू, सरकार प्रमुखहरूले सम्बोधन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
bimstec-summit-6th-bangkok.jpg

बैंकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलन शुरू भएको छ । थाइल्याण्डको बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिमस्टेक सम्मेलन शुरू भएको हो । 

सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेका थिए । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्दैछन् । 

शिखर सम्मेलनमा ‘बिमस्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरू थाइल्याण्ड, नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरूले सम्बोधन गर्नेछन् ।

त्यसैगरी आजै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइन वार्ता हुने जनाइएको छ । यसअघि ओलीले बिहीबार अन्य देशका सरकार प्रमुखहरूसँग साइडलाइन वार्ता गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ