arrow

एसियाको पहिलो लिफ्ट रेलवे ब्रिज भारतमा, मोदीले गरे उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
lift-railway-bridge-modi-25.jpg

काठमाडौँ । एसियाको पहिलो भर्टिकल लिफ्ट रेलवे सी ब्रिज भारतमा सञ्चालन भएको छ । तमिलनाडुको रामेश्वरममा नयाँ पम्बन ब्रिजको प्रधानन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् ।

२.०८ किलोमिटर लामो उक्त पुलको शिलान्यास सन् २०१९ मा मोदीले नै गरेका थिए । स्टिलबाट बनाइएको उक्त पुलमा पोलिसिनोक्सेनको लेप लगाइएको छ । यसलाई समुद्रको नुनिलो पानीबाट बचाउन सकिने छ । 

जब समुद्री जहाज निस्कनु पर्छ तब यो समुद्री जहाजका लागि खुल्नेछ । यो पुलको बीचको भाग माथि उठ्छ । यो इलेक्ट्रो मेकानिकल सिस्टमले गर्दछ । जसका कारण यसको बीचको भाग पाँच मिनेटमा २२ मिटरसम्म माथि उठ्न सक्छ । 

यो पुल बनाउन ५ अर्ब ३५ करोड भारतीय रुपैयाँ खर्च भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ