काठमाडौँ । शिक्षकहरुको आन्दोलनले बिहीबार नौ दिन पूरा गरेको छ । राजधानी केन्द्रित उक्त आन्दोलनका कारण माइतघिरदेखि नयाँ बानेश्वरसम्मको जनजीवन प्रभावित हुँदै आएको छ ।
शिक्षकहरु बिहीबार छाता ओढेरै आन्दोलनमा उत्रिए । गत चैत २० गतेदेखि शुरु भएको शिक्षक आन्दोलन माग पूरा नभएसम्म कार्यस्थलमा नफर्किने प्रण गर्दै सडक तताइरहेको छ ।
आन्दोलनका क्रममा नाचगान चल्ने गर्दछ । शिक्षकहरुले आफूले गरेको फोहर उठाएर एकैठाउँमा राखिदिने गरेका छन् ।