काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवाबीच भेटवार्ता भएको हो ।
सो भेटवार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको बताइएको छ । सो करिब एक घण्टा लामो वार्तापछि दुई दलीय संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको जनाइएको छ ।
यद्यपि यो भेटलाई दुवै नेताको सचिवालयले नियमित भेटमात्र भनेको छ ।
खासमा कांग्रेसका दोस्रो तहका नेताहरूले सरकारका कामकारबाहीलाई लिएर प्रश्न उठाएसँगै सरकार अप्ठेरोमा परेको छनक दिएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले मंगलबारमात्रै दुई भनाइ राखेका छन् ।
सार्वजनिक कार्यक्रममै उनले सरकारले कामको गति लिन नसकेको बताए ।