arrow

ओलीले शिलान्यास गर्दा पिकनिक गएकी मेयर रेणु उद्घाटन गर्दा सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
oli-renu-82-01-05.jpg

चितवन । चितवनको भरतपुरमा नवनिर्मित ६ लेनको सडक उद्घाटन गरिएको छ । हालै ६ लेनमा विस्तारित गरिएको पुलचोक–गोन्द्राङ सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

सो उद्घाटन समारोहमा प्रधानमन्त्रीसँगै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक योजना तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल तथा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल लगायतले पनि संयुक्त रुपमा उद्घाटन गरे ।

सो सडक निर्माण शिलान्यास कार्यक्रम बहिस्कार गरेकी भरतपुरकी मेयर दाहाल उद्घाटन समारोहमा भने उपस्थित भएकी छिन् । तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए ।

जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने अनुपस्थित भएकी थिइनन् । त्यसबेला ओलीले ब्यंग्य गर्दै भनेका थिए, ‘मेयर साहेब, यता नआएर पिकनिक खान जानु भएछ ।’

१ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । 

५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ