arrow

कठोर परीक्षा दिँदै शिक्षकहरू

बाह्रको परीक्षा बहिस्कार गर्ने शिक्षक महासंघको जवाफ [विज्ञप्तिसहित]

विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई असहयोग गर्न आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ९ मंगलबार
teachers-protest-82-1-9.jpg

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा कार्यक्रम बहिस्कार गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि शुरू हुने कक्षा १२ को परीक्षा निरन्तरता दिन निर्णय गरे लगत्तै महासंघले सो परीक्षा बहिस्कार गर्ने निर्णय सार्वजनिक गरेको हो ।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलबार विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई असहयोग गर्न आह्वान गरेका हुन् ।

‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन,प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रअ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामासमेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपील गर्दछौँ ।’ 

साथै, शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन पनि महासंघले अपील गरेको छ ।

उता केपी शर्मा ओली नेतृत्वको सरकार भने शिक्षक आन्दोलनका बाबजुद निजामती कर्मचारीलाई परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारीमा लागेको छ ।

महासंघले पटक पटक सरकारले धोका दिँदै आएको भन्दै यसपालिको आन्दोलनलाई निष्कर्षमै पुर्याएर छाड्ने बताएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ