arrow

जम्मू–कश्मीरको आतंकवादी हमलामा मारिने बुटवलका न्यौपाने, आमा घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
jammu-attack-hindu-25-4-22w.jpg

काठमाडौँ । भारतको जम्मू–कश्मीरमा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा परी मृत्यु भएका नेपालीको पहिचान खुलेको छ। आतंकवादी हमलामा २७ जना पर्यटकको मृत्यु हुँदा एक जना नेपाली सुदीप न्यौपाने पनि भएको खुलेको हो । 

परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले पाहलगममा आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–१४ बेलभरिया रुपन्देहीका सुदीप न्यौपानेको निधन भएको जानकारी दिएकी हुन् ।

मृतक बुटवल उपमहानगरपालिका वडावन-१४ बेलभरियाका सुदीप न्यौपाने भएको मृतकका नातेदार कपिल न्यौपानेले बताएको बुटवलबाट सहकर्मी नारायण वलीले जनाएका छन् । 

उनी चार दिन अघि आमा, बहिनी र बहिनी ज्वाइँसहित घुम्न गएको बताइएको छ । यतिबेला परिवारलगायत बेलभरिया शोकमा डुबेको छ ।

‘‘सुदीप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ परराष्ट्र मन्त्री राणाले भनेकी छिन् ।
 
साथै सो आतङ्ककारी हमलामा परेर न्यौपानेकी आमा घाइते भएकी छिन् । उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत राणाले गरेकी छिन् ।

 ‘उहाँहरु घुमघामका लागि त्यहाँ पुग्नु भएको समाचार पनि प्राप्त भएको छ, यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन,’ उनले लेखेकी छिन्, ‘नेपाल सरकार यो घटनाको निन्दा एवं भत्र्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।’ उनका अनुसार सो घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको छ ।

अन्य मारिनेमा एक यूएईका र बाँकी सबै भारतीय हुन् । आतंकवादीले अन्धाधुन्ध गोली हानेर मार्नुपूर्व नाम, धर्म सोधिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ