arrow

आतंकवाद विरुद्धको लडाइँ

भारतमा सर्वदलीय बैठक, आतंकवादविरुद्ध ऐक्यबद्धता

पाकिस्तानविरुद्ध पाँच ठूला फैसला, आक्रमण हुने त्रासमा सतर्क पाकिस्तान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
modi-ccs-meeting-25-4-23.jpg
तस्बिर – सुरक्षा मामला सम्बन्धी मन्त्रिपरिषद्को बैठक ।

काठमाडौँ । भारतमा आज सर्वदलीय बैठक बस्दैछ । आतंकवादविरुद्ध ऐक्यबद्धता जनाउन बैठक बस्न लागेको हो । केन्द्र सरकारले सर्वदलीय बैठक बोलाएको हो ।

विदेश सचिव विक्रम मिश्रीका अनुसार पहलगाम आतंकवादी हमलापछि अब कसरी अगाडि बढ्ने भनेर बैठकमा छलफल हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले रायसुझाव लिएर काम गर्ने छन् । 

यसअघि उनी यूएईको भ्रमण छोट्याएर फर्केका थिए । उनले बुधबार अढाई घण्टा सुरक्षा मामला सम्बन्धी मन्त्रिपरिषद्को बैठक राखेका थिए । 

मंगलबार दिउँसो जम्मू–कश्मीरको पहलगाममा आतंकवादी समूहले हिन्दूधर्मी पर्यटकलाई छानीछानी मारेपछि भारत आतंकवादविरुद्ध लड्न गम्भीर भएर लागेको हो । 

उक्त घटनामा एक नेपालीसहित २७ जनाको हत्या भएको थियो भने थुप्रै घाइते भएका छन् । उनीहरुलाई गोली लागेको छ । 

पाकिस्तानविरुद्ध पाँच ठूला फैसला

उक्त आतंकवादी समूहलाई पाकिस्तानी समर्थन रहेको सूचना पाएपछि भारतले पाँच ठूला फैसला गरेको छ । 

१, पाकिस्तानको सीमा पार आतंकवादको समर्थन रोक्ने बेलासम्म सन् १९६० को सिन्धु जल सन्धि स्थगित गरेको छ । 

२, अटारी–बाघा चेकपोष्टलाई बन्द गरिदिएको छ । जो आधिकारिक कागजातसहित पहिले नै चेकचोष्ट पार गरिसकेका छन् उनीहरुलाई आगामी १ मेसम्म अर्थात् एक हप्ताको समय दिएर फर्कन आदेश दिइएको छ । 

३, पाकिस्तानी नागरिकलाई सार्क भिसा छुट योजना (एसभीईएस) अनुसार भारत प्रवेशको इजाजत हुने छैन । पहिले जारी गरिएको एसभीईएस भिसा रद्द हुनेछ । भारत आइसकेका उक्त भिसाका पाकिस्तानीलाई ४८ घण्टाभित्र भारत छोड्न आदेश दिइएको छ । 

४, दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा तैनाथ रक्षा र सैन्य सल्लाहकारलाई पर्सोना नान ग्राटा (अस्वीकार्य) घोषित गरिएको छ । उनीहरुले एक साताभित्र भारत छोड्नु पर्नेछ । उनीहरुसँगै पाँच सहयोगी कर्मचारीलाई पनि फिर्ता जान भनिएको छ । यी पद अब शून्य मानिने छन् । 

५, दुवै उच्चायोगमा कर्मचारीको संख्या ५५ बाट घटाएर ३० गरिएको छ । यो कटौती मे १ तारिखदेखि लागू हुनेछ । 

रातभर त्रासमा पाकिस्तान
पहलगाम घटनापछि भारतले जवाफी कारबाही गर्ने डरले रातभर पाकिस्तानी एयरफोर्सले त्रासले समय गुजारेको पाइएको छ । सूत्रको प्रयोग गर्दै भारतीय मिडियाहरुले लेखेअनुसार पाकिस्तानी सैन्य प्रमुख आसिम मुनीरले मंगलबार साँझ तीन ओटै फोर्सका कमाण्डरसँग बैठक गरेका थिए । 

१८ फाइटर जेट कराँची एयरबेसबाट भारततर्फको सीमाततर्फ एयरफोर्स स्टेशनमा पठाइएको छ । यो स्टेशन लोहोर र रावलपिन्डीमा छ । यी १८ युद्धक विमान चीन निर्मित जेएफ–१७ हुन् । 

सैन्य प्रमुख मुनीरलाई भारतका तर्फबाट पीओके (पाकिस्तानले कब्जा गरेको कश्मीर) मा स्ट्राइक हुने खतरा लागेको छ । 

त्यहाँ लश्कर ए तैयबाका लन्च प्याड छन् । साथै करिब ७४० किलोमिटर लामो एलओसी (नियन्त्रण रेखा) मा पनि पाकिस्तानी सेनाको तनाथी बढाइएको छ । 

पाकिस्तानले भारत जमिनी सैन्य कारबाहीमा अगाडि नबढ्ने बुझेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ