arrow

फोहर व्यवस्थापन र वातावरण संरक्षण गर्न त्रिपक्षीय सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १३ शनिबार
Shuklagandaki nagarpalika.jpg
फाइल तस्बिर

तनहुँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकामा फोहर व्यवस्थापन र वातावरण संरक्षण गर्न त्रिपक्षीय सम्झौता भएको छ । 

नगर क्षेत्रबाट निस्कने फोहर व्यवस्थापन गर्न नगरपालिका, सूर्य नेपाल प्रालि र ग्रीन रोड कम्पनीबीच सम्झौता भएको नगरपालिका नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए ।

सम्झौतामा फोहरमैला प्रशोधनका लागि आवश्यक पर्ने मेसिनरी सामग्री सूर्य नेपाल प्रालिले उपलब्ध गराउने, फोहोर सङ्कलन गरी प्रशोधन केन्द्रसम्म नगरपालिकाले पुर्‍याउने र केन्द्रमा फोहोरको वर्गीकरण तथा प्रशोधन ग्रिन रोड कम्पनीले गर्नेगरी सम्झौता भएको उनले बताए ।

नगरप्रमुख पण्डितले भने, “नगरपालिकामा दिगो फोहर व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।” 

बिहीबार सम्पन्न त्रिपक्षीय सम्झौतामा नगरपालिकाका तर्फबाट प्रमुख पण्डितसहित उपप्रमुख खुमबहादुर विक र प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले हस्ताक्षर गरेका छन् । 

त्यसैगरी सूर्य नेपालका तर्फबाट कारखाना प्रमुख बाबुराम कार्की र गौतमकुमार यादव तथा ग्रिन रोड कम्पनीका तर्फबाट विमल बास्तोला, सञ्जीव बास्तोला र अजय केसीले हस्ताक्षर गरेका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ