arrow

मुलुक समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा छ - पूर्व राष्ट्रपति यादव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
rambaran-yadhav.jpg

काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा विभिन्न राजनीतिक परिवर्तनपछि मुलुकमा ठूलो परिवर्तन भएको बताएका छन् । बीपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालद्बारा सोमबार काठमाडौंमा आयोजित ‘बीपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा बीपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा उनले यस्तो बताएका छन् । 

उनले मुलुक गणतन्त्र, लोकतन्त्र सङ्घीयता, समावेशी र समानुपातिक संविधानमा रहेको कुरा नै मुख्य सकारात्मक रहेको बताए । उनले बीपी कोइरालाले चिन्तन गरेको समाजवादमा उन्मुख संविधान रहेको बताए । उनले समाजवादउन्मुख समाजवाद बनाउने बाटोमा रहेको बताउँदै उनले बाटो नबिराएको धारणा राखे । उनले राजनीतिको आफ्नै कोर्स हुने बताउँदै सोही कोर्सअनुसार मुलुकमा ठूलो परिवर्तन भएको दाबी गरे । 

उनले भने, “हामीले सबैभन्दा पोजेटिभ गणतन्त्र, लोकतन्त्र सङ्घीयता, समावेशी, समानुपातिक संविधानमा छौँ । यो संविधान समाजवाद उन्मुख बीपी कोइरालाले जुन समाजवादको चिन्तन गर्नुभएको छ, आखिर समाजवाद उन्मुख समाजवाद बनाउने बाटोमा हामी छौँ । हामीले बाटो बिराएका छैनौँ । धेरै ठूलो परिवर्तन भएको छ । राजनीतिको आफ्नो कोर्स हुन्छ । त्यो कोर्सबाट देशको परिस्थितिअनुसार बारम्बार हाम्रो कम्प्रमाइज भएको छ, ठूलो परिवर्तन भएको छ ।” 

उनले देश बरबाद भयो भन्ने भाष्य बनाइएको भन्दै त्यो गलत रहेको बताए । उनले आज प्रत्येक नेपाली मालिक भएको बताउँदै सार्वभौमसत्ता सम्पन्न नेपाली संसारमा शिर उठाएको जिकिर गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ