आतंकवाद मेटाउनु हाम्रो राष्ट्रिय संकल्प हो – प्रधानमन्त्री मोदी
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
1.6k
Shares
काठमाडौँ । भारतको जम्मू–कश्मीरस्थित पहलगाम आक्रमणमा भएको क्षतिपति भारतीय प्रधानमन्त्री मोदीले तीनै सेना प्रमुखहरूलाई आतंकवादसँग जुध्न उनीहरूलाई पूर्ण स्वतन्त्रता रहेको बताएका छन् । मंगलबार तीनै सेना प्रमुखलाई उनले पहलगाम आक्रमणको उचित जवाफ दिने भन्दै ‘आतंकवाद मेटाउनु हाम्रो राष्ट्रिय संकल्प हो’ भने ।
प्रधानमन्त्री मोदीले रक्षामन्त्री राजनाथ सिंह, रक्षा प्रमुख अनिल चौहान, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र तीनै सशस्त्र सेनाका प्रमुखहरूसँग डेढ घण्टा लामो बैठक गरेका हुन् । उनले भने, ‘सेनाले आफ्नो विधि, लक्ष्य र समय तय गर्नुपर्छ। हामीलाई सेनाको क्षमतामा पूर्ण विश्वास छ।’
पहलगाम आतंकवादी हमलापछि मंगलबार गृह मन्त्रालयमा एउटा महत्त्वपूर्ण बैठक बस्यो। यस उच्चस्तरीय बैठकमा गृहमन्त्री अमित शाहसँगै राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी), सीमा सुरक्षा बल (बीएसएफ), केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) र सशस्त्र सीमा बल (एसएसबी) का वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।
केन्द्र सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बिहान ११ बजे बस्नेछ । प्रधानमन्त्री मोदीले बैठकको अध्यक्षता गर्नेछन् । पहलगाम आक्रमणपछि यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
भारतले मंगलबार पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफको एक्स ह्यान्डल ब्लक गरेको छ। पहलगाम आक्रमणपछि ख्वाजा आसिफको एउटा भिडियो भाइरल भयो जसमा उनले स्वीकार गरे कि पाकिस्तानले ३० वर्षदेखि आतंकवादी संगठनहरूलाई आर्थिक सहयोग गर्दै आएको छ ।
साथै उनले आतंकवादीहरुलाई पाकिस्तानले तालिम पनि दिइरहेको बताएका थिए । भारतले सोमबार १७ पाकिस्तानी युट्युब च्यानलहरू पनि प्रतिबन्ध लगाएको थियो ।
यस्तै गुप्तचर निकायहरूले पहलगाम आक्रमणको बारेमा महत्त्वपूर्ण जानकारी दिए । गुप्तचर एजेन्सीका स्रोतहरूले आक्रमणको मास्टरमाइन्ड पाकिस्तानका पूर्व एसएसजी कमाण्डर हाशिम मुसा भएको बताए । मुसा हाल लश्कर(ए(तैयबाको लागि काम गरिरहेका छन् ।
सुरक्षा बल र गैर–कश्मीरीहरूमाथि आक्रमण गर्न सकियोस् भनेर लश्करले नै उनलाई जम्मू कश्मीर पठाएको थियो। मुसाले अक्टोबर २०२४ मा गन्देरबलको गगनगीरमा आक्रमण गरेका थिए। यसमा धेरै कामदार र एक स्थानीय डाक्टरले ज्यान गुमाए ।
आक्रमणको अनुसन्धान गरिरहेको एनआईएले घटनास्थलको निरन्तर पुनस्निर्माण गरिरहेको छ। एजेन्सीले आतंककारीहरूलाई सहयोग गर्ने स्थानीय नागरिकहरूको खोजी गरिरहेको छ।
अप्रिल २२ मा पहलगामको बैसरन उपत्यकामा आतंकवादीले हिन्दूधर्मीहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरी एक नेपालीसहित २७ जनाको मृत्यु भएको थियो।