शुरु भयो नेपालकै लामो रातो मछिन्द्रनाथको रथ जात्रा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
1.1k
Shares
काठमाडौँ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई विधिवत् रूपमा रथारोहण गरेर यस वर्षको रातो मछिन्द्रनाथको जात्रा सुरु गरिएको छ ।
मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर विराजमान बिहीबार राति मछिन्द्रनाथको रथ तानी जात्रा शुरु गरिएको हो ।
मछिन्द्रनाथको रथलाई बिहीबार पुल्चोकबाट गाःबहाल पुर्याइएको छ ।
हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा देशकै लामो रथ जात्रा हो ।
रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ। वैशाख शुक्ल प्रतिपदाको दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुने गर्छ ।
भोटो देखाउने परम्परामा पनि विभिन्न किंवदन्ती जोडिएका छन्, त्यसैले यसलाई भोटो जात्रा पनि भन्ने गरिन्छ ।