arrow

नीति तथा कार्यक्रमबारे मुख्यसचिव अर्याल - सफल कार्यान्वयन गर्न सके, राष्ट्रिय आकाङ्क्षा पूरा हुन्छ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
eknarayan-aryal-082.jpg

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले संघीय, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्य विभाजनमा आधारित भएर नीति तथा कार्यक्रम आएको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्य सचिव अर्यालले तीनै तहका सरकारले अगामी आर्थिक वर्षको बजेटमा नीति तथा कार्यक्रमलाई समावेश गर्न सक्नुपर्ने बताए । 

उनले अघिल्ला वर्षहरूमा नीति तथा कार्यक्रमहरू अत्यधिक महत्त्वाकाङ्क्षी बनाइँदा कार्यान्वयनमा समस्या आएको पनि बताए । नीति तथा कार्यक्रम यथार्थपरक र तीन तहका कामको स्पष्ट आधारमा बनाइएको उनको भनाइ छ । उनले युवामुखी स्टार्टअप व्यवसाय, कृषिको आधुनिकीकरण, उत्पादन र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे । 

उनले भने, ‘स्थानीय तह, प्रदेश सरकार र संघीय मन्त्रालयहरूले आफ्नो बजेटमा नीति तथा कार्यक्रमअनुरूप जानुपर्‍यो । हामीले युवाहरूलाई सम्बोधन हुने गरेर स्टार्टअप बिजेनशका कुराहरू ल्याएका छौं । कृषिको आधुनिकीकरणको विषयहरू समावेश भएको छ । त्यसै गरी उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्ने विषयहरू छन् । यहीअनुसार कार्यक्रम गर्न सकियो भने समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पुरा हुन्छ र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । विगतको नीतिमा कार्यक्रमहरु समावेश भएर आउने गर्दथ्यो । अलि महत्त्वाकाङ्क्षी जस्तो हुन्थ्यो । त्यसले गर्दा जनतामा अपेक्षा पनि अलि बढी हुन्थ्यो । तर हामीले बजेटमा समावेश गर्न सक्ने खालको हुदैन्थ्यो । अहिले हामीले तीन तहको कामअनुसार नीति बनाएको हुनाले यही आधारमा टेकेर नीति तथा कार्यक्रमहरु बनाउनुपर्ने हुन्छ ।’
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले मिश्रित प्रतिक्रिया पाइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ