जेठ १५ देखि जनआन्दोलन गर्ने राजावादीहरूको घोषणा [प्रतिबद्धता पत्र र फोटोफिचर]
राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्म मुख्य एजेन्डा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
1k
Shares
काठमाडौँ । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा पत्रकार सम्मेलनमा गरियो । घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्टलगायत उपस्थित भए ।