arrow

चैत १५ को तीनकुने घटनामा शिवसेनाका अध्यक्ष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
anilbaba-basnet-rajabadi-pa.jpg

काठमाडौँ । गत चैत १५ गते भएको राजावादीहरुको हिंसात्मक तीनकुने घटना प्रकरणमा थप एक जना राजावादी पक्राउ परेका छन् ।

राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थल शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अदालतको पक्राउ पूर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आएपछि उनी पक्राउ परेको रमा सिंहले जानकारी दिइन् ।

गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले झन्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी रहेको बेला उनी पक्राउ परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ