arrow

जलवायु परिवर्तन विश्वव्यापी संकट, सामूहिक प्रयासको खाँचो: परराष्ट्रमन्त्री राणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
arju-sagarmatha.jpg

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले जलवायु परिवर्तन अब कुनै एक क्षेत्र वा देशको मात्र समस्या नरहेको बताएकी छन्।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी समस्या बनेको र यसले सिंगो मानवतालाई नै संकटमा पारिरहेको उल्लेख गरिन्। विश्वव्यापी यो संकटसँग जुध्न कुनै पनि देशको एक्लो प्रयास पर्याप्त नहुने बताउँदै मन्त्री राणाले संयुक्त र सामूहिक प्रयासका साथ अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिइन्।

अब विश्वले नै जलवायु परिवर्तनका समस्याहरूको पहिचान गरी त्यसको समाधानका लागि संयुक्त प्रयास गर्नुपर्ने उनको भनाइ थियो। जलवायु परिवर्तनबाट नेपाल र विश्वकै वातावरण जोखिममा रहेको बताउँदै मन्त्री राणाले इमान्दार संवाद र प्रभावकारी कार्यको अभावले मानवताको भविष्यलाई ठूलो खतरामा पार्न सक्ने चेतावनी दिइन्।

मन्त्री राणाले नेपालले हालैका वर्षहरूमा विनाशकारी र श्रृंखलाबद्ध गम्भीर मौसमी समस्याहरू भोगिरहेको बताइन्। बाढी, हिमनदी विस्फोटन, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्याले देशभर ठूलो क्षति पुर्‍याएको उनले उल्लेख गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ